महासंघकाे नयाँ कार्यतालिका निर्वाचन कार्यतालिका सार्वजनिक
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नयाँ कार्यतालिका निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।नयाँ कार्यतालिका अनुसार आगामी मङ्सिर ११ र १२ गते ५४ औ वार्षिक साधारण सभाको मिति तोकिएको छ । साधारणसभाको अन्तिम दिन अर्थात १२ गते निर्वाचन हुनेछ । कार्यतालिका अनुसार तीन ठाउँमा मतदान गर्ने व्यवस्था मिलाइनेछ ।
महासंघको कार्यालय टेकु, कार्की व्याङकेट बबरमहल र प्रज्ञा प्रतिष्ठान कमलादीमा निर्वाचनका कार्यक्रम हरू गर्ने सूचनामा भनिएको छ ।
चैतमै हुनुपर्ने निर्वाचन कोभिडका कारण रोकिएको थियो ।वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउने व्यवस्था अनुसार शेखर गोल्छा महासंघको अध्यक्ष बन्दैछन् । वरिष्ठ उपाध्यक्ष तथा अन्य पदहरुमा भने निर्वाचन हुनेछ । कार्यतालिका अनुसार तीन ठाउँमा मतदान गर्ने व्यवस्था मिलाइनेछ ।