महामारी डोल्पासम्म पुग्याे, एकैदिन ४५सय २४ मा संक्रमण पुष्टि,सबैभन्दा धेरै काठमाडौँमा

khabarwave
१४ बैशाख २०७८

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ६७२ पीसीआर परीक्षणमा ४ हजार ३६४ र १ हजार ९ एन्टिजेन परीक्षणमा १६० जना गरी ४५२४ जनामा संक्रमण पुष्टि भएको हो छ भने कोरोना भाइरस संक्रमणका कारण थप १८ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमितमध्ये आईसीयूमा ३१५ जना र भेन्टिलेटरमा ८४ जना रहेका छन् । जसमध्ये काठमाडौं उपत्यकामा ११२ जना आईसीयू र ४५ जना भेन्टिलेटरमा रहेका छन् ।पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै काठमाडौँमा १ हजार ६०२, बाँकेमा ५१५, रुपन्देहीमा ३८३, ललितपुरमा २४०, दाङमा २३० जना, कास्कीमा १२९, भक्तपुरमा १२४ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै बर्दिया र मोरङमा ८६र८६ जना, चितवनमा ८०, सुर्खेतमा ७४, मकवानपुरमा ७२, पर्सामा ६७, सुनसरीमा ५१, कञ्चनपुरमा ४६, पाल्पामा ४५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।यस्तै कपिलवस्तुमा ३५ जना, कैलाली ३२ जना, काभ्रेपलाञ्चोक ३१ जना, धनुषा २७ जना, बारा २६ जना कोरोना संक्रमित थपिएका छन् ।यस्तै अर्घाखाँची र नवलपरासी पश्‍चिममा २३र२३ जना, झापा, सिरहा, तनहुँ र गुल्मीमा १६र१६ जना, धादिङमा १५ जना, नवलपरासी पूर्व र स्याङजा १४र१४ जना, सप्तरीमा १२ जना कोरोना संक्रमित भेटिएका हुन् ।

यस्तै रौतहट, नुवाकोट,रामेछाप, सिन्धुपाल्चोक, सल्यान, डडेल्धुरा ११र११ जना, सर्लाही र गोरखा १०र१० जना, महोत्तरी, बागलुङ र दैलेखमा ९र९ जना, म्‍याग्दी, लमजुङ, प्‍युठान र बैतडीमा ८र८ जना, उदयपुर र रुकुम पश्‍चिममा ७र७ जना, संखुवासभामा ६ जना, सिन्धुलीमा ५ जना, दोलखा, पर्वत, रोल्पा, कालिकोट र जुम्लामा ४र४ जना, इलाममा ३ जना कोरोना संक्रमित भेटिएका छन् ।यसैगरी ओखलढुंगा, खोटाङ, धनकुटा, सोलुखुम्बु, मुस्ताङ, जाजरकोट, मुगु, हुम्ला र बझाङमा २र२ जना, पाँचथर,भोजपुर, रसुवा,डोल्पा, डोटी, दार्चुला, बाजुरा १ र १ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

Loading spinner