
महानगरपालिकाका नगरप्रमुख चिरिबाबुलाई कोरोना संक्रमण
काठमाडौं । ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जनलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
सिटामोल खाँदा पनि ज्वरो कम नभएपछि शुक्रबार विहानै स्वाब दिएका र केहीबेर अगाडि पोजेटिभ रिपोर्ट आएकाे थियाे । अहिले उनी होम आइसोलेसनमा बसेका छन । उनकी पत्नीको रिपोर्ट भने नेगेटिभ आएको छ ।