
महानगरकै वडा सचिव ४ लाख घुस रकमसहित अख्तियारकाे नियन्त्रणमा
काठमाण्डाै । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका वडा नम्बर–३० का वडा सचिव भरतकुमार पोखरेललाई ४ लाख घुस रकमसहित पक्राउ गरेकाे जनाएको छ ।
सचिव पोखरेललाई आयोगको स्टिङ अपरेशन टिमले ज्ञानेश्वरस्थित वडा कार्यालयबाट पक्राउ गरेको आयोगका प्रवक्ता समेत रहेका सहसचिव नारायण प्रसाद रिसालले एक विज्ञप्ती जारी गर्दै जानकारी गराएका हुन् घुस रकम पोखरेलको दराजबाट बरामद गरिएको छ ।। उनका अनुसार पोखरेलले निर्माण सम्पन्न गरेका ठेकेदारको भुक्तानी रोकेर घुस मागेका थिए ।