
महाकाली नदी थुनियाे ,सतर्क रहन आग्रह
काठमाण्डाै । दार्चुलाको माल्पामा पहिरो गएका कारण महाकाली नदी थुनिएको छ । जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरले पहिरोका कारण थुनिएको पानी जतिसुकै वेला फुट्न सक्ने भएकाले महाकाली नदी नजिक बसोबास गर्ने सर्वसाधरणलाई सतर्क रहन आग्रह गरेको छ ।