
महाकालीमा सुख्खा बन्दरगाह निर्माण कार्य शुभारम्भ
काठमाण्डाै । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कञ्चनपुरको महाकाली नगरपालिकामा सुख्खा बन्दरगाह निर्माण कार्य शुभारम्भ गरेका छन।
महाकाली नगरपालिका-१ मा रहेको मायापुरी र गौरीशंकर सामुदायिक वन क्षेत्रको करिब एक हजार बिगाहा क्षेत्रफलमा सुख्खा गन्दरगाह बन्न लागेको हो ।सुख्खा बन्दरगाह निर्माण कार्यको शुभारम्भ गर्दै मन्त्री भट्टले अन्तरदेशीय विशेष आर्थिक क्षेत्रको रुपमा देशभर चार स्थानमा निर्माण गर्ने लक्ष्यका साथ कञ्चनपुरबाट सुरु गरिएको बताएका छन्।
शुभारम्भ कार्यक्रममा उनले एउटा उत्तर र दुईवटा दक्षिणतिर सुक्खा बन्दगाहसित जोडेर यसलाई चेनका रुपमा विकास अघि बढाउने र सबै विषय नीति तथा कार्यक्रममा समेटेकाे बताएका थिए ।
यसअघि महाकाली नगरपालिकाकै कञ्जभोज स्थापना गर्ने योजना रहेकोमा कञ्चभोजमा सुक्खा बन्दरगाह बन्दा आफूहरु विस्थापित हुने भन्दै केही स्थानीयवासीले लामो समयदेखि विरोधसमेत जनाउँदै आएका छन।