मन्त्रिपरिषद पुनर्गठनबारे बालुवाटारमा नेकपाका दुई अध्यक्षबीच छलफल, पुनर्गठन तत्काल गर्ने सहमति

khabarwave
११ आश्विन २०७७

काठमाण्डाै ।  प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र  अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मन्त्रिपरिषद पुनर्गठनको विषयमाआइतबार छलफल भएको छ।प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा  मन्त्रिपरिषद पुनर्गठन गर्नेबारे छलफल भएको बताइएकाे छ।

मन्त्रिपरिषद पुनर्गठनलाई चाडै टुंगोमा  लगाउने गरी छलफल भएको र मन्त्रिपरिषद पुनर्गठनका मापदण्डका बारेमा छलफल भएकाे थियाे ।प्रधानमन्त्री ओलीले मन्त्रालय टुक्र्याएर केही व्यक्तिलाई मन्त्री बनाउने समेत तयारी गरेका छन्।

कुन मन्त्री हटाउने र कसलाई राख्ने भन्नेबारे प्रधानमन्त्रीले अर्काअध्यक्ष प्रचण्डसँग छलफल गरेर निर्णय गर्ने बताइएकाे छ।सबै मन्त्रालयलाई राज्यमन्त्रीविहीन बनाउने र तीन वटा मन्त्रालय टुक्र्याउने प्रधानमन्त्रीको तयारी रहेको  छ।

Loading spinner