मन्त्रिपरिषद् विस्तार विरुद्ध सर्वोच्च अदालतमा रिट

khabarwave
१३ पुष २०७७

काठमाडौं ।  मन्त्रिपरिषद् विस्तार विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबार मन्त्रिपरिषद् बिस्तार गरेका थिए । अदालतले यो रिटमा पुस १५ गते पेसी तोकेको छ । अधिवक्ताहरू लोकेन्द्र ओली, केशरजंग केसी र दिनेश लामिछानेले सोमबार कामचलाउ बनिसकेपछि प्रधानमन्त्री ओलीले गरेको मन्त्रिपरिषद् विस्तार बदरको माग गर्दै रिट दायर गरेका हुन् ।

काम चलाउ सरकारले संविधानभन्दा बाहिर गएर गरेको राज्यकोषको दोहन हुने गरी गरिएको मिति २०७७ पुस १० गते मन्त्रिपरिषद् विस्तार बदर गर्नुपर्ने मुख्य माग गरिएकाे छ । गत ५ पुसमा प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री ओलीले १० पुसमा ९ जना मन्त्री थप गरेका थिए ।

 

 

Loading spinner