मन्त्रिपरिषदद्वारा  दर्जन  मन्त्रालय र आयोगका सचिव हेरफेर , गृहसचिब नचल्दा निर्वाचनमा अधिकारी

khabarwave
१ फाल्गुन २०७७

काठमाडौँ । सरकारले करिब  दर्जन  मन्त्रालय र आयोगका सचिव फेरबदल गरेकाे छ।मन्त्रिपरिषद्को बिहीबारको बैठकले सचिव हेरफेरसम्बन्धी निर्णय लिएको र  गृह, सञ्चार, स्वास्थ्य जस्ता मन्त्रालयका सचिव भने सरुवा गर्ने चर्चा चलेपनि नगरिएकाे बताइएकाे छ  ।

सरूवा गरिएका सचिबहरूमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत सचिव सुरेश अधिकारीलाई निर्वाचन आयोग, निर्वाचन आयोगमा कार्यरत देवकुमारी गुरागाईँलाई राष्ट्रिय वित्त आयोगमा , प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌का  सचिव तोयनारायण ज्ञवाली लोकसेवा आयोगमा, युवा तथा खेलकुद सचिव रामप्रसाद थपलियालाई शिक्षा ,शिक्षा सचिव गोपी मैनाली सार्वजनिक खरिद अनुमगन कार्यालय लगिएको बताइएकाे छ । १ नं प्रदेशका  प्रमुख सचिव दिनेश भट्टराई उद्योग मन्त्रालयकाे सचिब र लोक सेवा आयोगका सचिव अर्जुनप्रसाद पोखरेललाई वाणिज्य सचिबमा , सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव सूर्य गौतमलाई श्रम मन्त्रालय, बाणिज्य सचिब बैकुण्ठ अर्याल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालय , श्रम मन्त्रालयका ताेयम राय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरूवा गरिएकाे बताइएकाे छ ।

 

Loading spinner