मध्यपुरमा तमासा,उपमेयरसहितले बहिस्कार गरेपनि प्रशासकीय अधिकृतलाई फिर्ता गर्ने निर्णय,नगर प्रबक्ता भन्छन-बैठक बसेकै छैन

khabarwave
२३ कार्तिक २०७७

काठमाण्डाै । मध्यपुर थिमी नगरपालिकाको विवादले दिनप्रतिदिन नयाँ मोड  लिदै गएकाे छ । नगरप्रमुख मदनसुन्दर श्रेष्ठले  नियमविपरित आफैंले बोलाएको ४९औं कार्यपालिकाकाे  अबैधानिक बैठकले  प्रशासकीय अधिकृत  उद्वव  रिजाललाई आरोप लगाए मन्त्रालय फिर्ता  पठाउन  पत्राचार गर्ने र  नयाँ कार्यकारी पठाउन अनुरोध गर्ने निर्णय गरेको बताइएको छ । आज बिहान बसेको भनिएको  उक्त कार्यपालिकाको  बैठकमा उपमेयरसहित ८ जना कार्यपालिकाका सदस्यले भाग नलिएको  र बैठकनै नबसेकाे नगर प्रवक्ता राम थापा द्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

नगरप्रमुख श्रेष्ठले यसअघि नै कार्यपालिकाको बैठकले कार्यकारी प्रमुख रिजाललाइ  मन्त्रालय फिर्ता पठाएको र पत्राचार भइसकेको भनिएकाे थियाे ।  आज बसेको भनिएको  कार्यपालिकाकाे बैठकले पनि साेही निर्णय भएकाे बताइएकाे छ । अन्याेलता झन बढेकाे छ ।यो प्रकरणले कार्यकारी प्रमुख र नगरप्रमुख बिच झन उग्र रुप लिन पुगेकाे छ । नगर प्रमुख र उपप्रमुखले बेग्लाबेग्लै बैठकको नेतृत्व गर्ने , कार्यकारी अधिकृतलाइ  काम गर्ने वातावरण नदिने कारणले गर्दा मध्यपुरका नागरिकले सहज सेवा  लिन पाएका छैनन् ।

नगर प्रबक्ता थापाले बिज्ञप्ति जारि गरेर भनेका छन-स्थानिय सरकार संचालन ऐन २०७४ को दफा ८४ को दफा २ (छ) मा नगरप्रमुखको निर्देशनमा कार्यपालिका तथा सभाको बैठक बोलाउने अधिकार प्रमुख प्रशासकीय अधिकृतको हुनेछ भन्ने व्यवस्था छ । तथा दफा ८४ को दफा २ (ज) ले कार्यपालिकाको निर्णय प्रमाणीकरण गर्ने अधिकार प्रमुख प्रशासकीय अधिकृतलाई सुम्पिएको छ । यस्तो प्रष्ट कानूनी व्यवस्था हुदा हुदै पनि नगरप्रमुखले आफैंले हस्ताक्षर गरेर कार्यपालिकाको बैठक बोलाइनु विधिको उलंघन हो । दशैं अघि कर्तिक ६ गते यसरी नै बोलाईएको बैठकमा नेपाली काग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने १५ जना सदस्यहरु अनुपस्थित भए पनि पत्रकार सम्मेलन गरी कार्यपालिकाको बैठकका निर्णय भनि पत्रकार सम्मेलनमा जानकारी गराएको विषय कार्यपालिका बैठकको निर्णय नभइ नगर प्रमुखको भनाई भएको व्यहोरा मैले विज्ञप्ती मार्फत प्रष्ट पारेकै हुँ । आज पनि विगतकै ढंगले बोलाइएको कार्यपालिका बैठकमा नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने उपमेयर सहित ८ जना सदस्यहरु अनुपस्थित रहेको व्यहोरा जानकारी गराउँछु । प्रचलित कानूनले निर्धारण गरेको विधि र प्रकृया विपरित मेयरले आफैं पत्राचार गर्ने र आफैं निर्णय प्रमाणीकरण गर्ने अनि यसैलाई विधिसम्मत भन्दै जाने हो भने अर्कै कुरा हो । अन्यथा आज नगर कार्यपालिकाको ४९ औं बैठक नबसेकोले कुनै भ्रममा नपर्न सम्वन्धित् सबैलाई जानकारी गराउँछु ।

नगरप्रमुख मदनसुन्दर श्रेष्ठले राखेकाे भनेकाे कार्यपालिका बैठककाे निर्णय

उपमेयरसहित ८ जना कार्यपालिका सदस्यले बहिस्कार गरेपछि नगरप्रबक्ताबाट जारी बिज्ञप्ति

Loading spinner