
मतदाता नामावली संकलनको कार्य स्थगित
काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली संकलनको कार्य स्थगित गरेको छ । मध्यावधि निर्वाचनको मिति घोषणा भएलगत्तै अब अहिलेसम्मका नामावलीलाई अध्यावधिक गरेर मतदाताको सूचीमा नाम समावेश गरिने आयोगले जनाएको छ ।
निर्वाचन आयोगले तत्कालका लागि सबै जिल्लाहरुमा मतदाता नामावली संकलनको काम स्थगित गरिएको र अहिलेसम्म संकलन भएका नामावलीलाई अध्यावधिक गरेर मतदाता सूचीमा समावेश गर्नेछ । सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी बैशाख १७ र २७ गते मध्यावधि निर्वाचन गर्ने निर्णय गरेको छ ।