उपत्यकामा आजदेखि के-के खुल्यो,के गर्न नपाईने -सूचि सहित

khabarwave
२४ भाद्र २०७७

काठमाडौं । उपत्यकामा जारी निषेधाज्ञा खुकुलो पार्दै  बिहिबारदेखि सार्वजनिक र निजी यातायातका साधन र व्यापार र व्यवसाय खोल्ने निर्णय गरिएको छ।बुधबार उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित बैठकले निषेधाज्ञालाई खुकुलो पार्ने निर्णय गरेको हो।भदौ ४ गतेदेखि जारी निषेधाज्ञालाई खुकुलो बनाउने निर्णय काठमाडौं प्रशासनले गरेको हो।

यो सातापछि भने कोरोना संक्रमणको अवस्था हेरेर निषेधाज्ञाबारे पुनर्विचार गर्न सकिने एक प्रमुख जिल्ला अधिकारीले बताए।

स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड पालना गरेर धेरै क्षेत्र खोल्ने निर्णय भएको हो । यातायातमा जोरविजोर र स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गरेर धेरै क्षेत्र खुल्न दिने निर्णय भएको छ ।

१६ सिट क्षमताभन्दा माथिका सार्वजनिक यातायातका साधन सञ्चालन गर्ने तर जोर विजोर प्रणाली लागू हुने निर्णय गरिएको छ। निजी सवारी साधनमा पनि जोरविजोर प्रणाली लागू हुनेछ।

बढी भेला जम्मा हुने क्षेत्रलाई भने खुल्न नदिने प्रशासनको निर्णय छ।खुल्ला गरिएका क्षेत्रका बारेमा तिनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले समान किसिमको आदेश बेग्लाबेग्लै  सार्बजनिक गरेका थिए ।

Loading spinner