भैरहवामा राजसंस्थाबादीहरूकाे प्रदर्शन

khabarwave
२६ मंसिर २०७७

काठमाण्डाै । राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको माग गर्दै आज  रुपन्देहीमा  मोटरसाइकल तथा कार ¥याली प्रदर्शन भएको छ ।भलबारीबाट सुरु भएको प्रदर्शन भैरहवाको बुद्धचोक, लुम्बिनी रोड, गल्लामण्डी, मिलनचोक, देवकोटाचोक हुँदै बुद्धचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई शिव सेना नेपालका केन्द्रीय अध्यक्ष अनिल बस्नेतले सम्बोधन गर्दे दलहरुको एकपछि अर्को जनघात र राष्ट्रघात गरेको राजसंस्था पुर्नस्थापना हुनुपर्ने माग गरे । स्थानीय युवादेखि पूर्वमन्त्रीसम्मको सहभागिता रहेको थियो ।कार्यक्रमा पूर्वमन्त्री प्रकाश चित्रकारले  हिन्दु राज्य र राजसंस्थालाई पुर्नसंस्थापना गर्नको लागि सबै एकजुट हुनुपर्ने बेला आएको बताए ।

 

Loading spinner