भूमिहीन सुकुम्बासीलाई जग्गा दिएर मात्र समस्याको समाधान नहुने मुख्यमन्त्रीकाे दाबी,आयोगले ३७२ जना प्राविधिक भर्ना गर्ने मन्त्री अर्यालकाे घाेषणा

khabarwave
२७ मंसिर २०७७

काठमाण्डाै । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भूमिहीन सुकुम्बासीलाई जग्गा दिएर मात्र समस्याको समाधान नहुने बताएका छन ।भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका नाममा हुने राजनीतिको अन्त्य हुनुपर्ने बताएका छन्।भूमिसम्बन्धी समस्या समाधान आयोगले शनिबार गण्डकी प्रदेशका ३६ वटा स्थानीय तहसँग सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले सरकारले दिएको जग्गा लामो समयसम्म विक्री गर्न नपाउने र सोही जग्गामा बसोबास गर्नुपर्ने गरी कानुनी प्रावधान राख्नुपर्ने बताए।

भूमि आयोग सधैं मागी खाने भाँडो भएकाे जुन दलको सरकार आयो उसकै मान्छे राखेर आयोग बनाउने चलनकाे अन्त्य हुनुपर्नु उनकाे भनाइ थियाे ।कार्यक्रममा बोल्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले यही अयोगले भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या समाधान हुने दाबी गर्दै  अब १७ औं आयोग बनाउनुनपर्ने बताएकी थिइन ।

भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन गर्दा साथी, आफन्त लगायतका चासो नहेरी न्यायका आधारमा काम गर्न उनले आग्रह गरिन्।मन्त्री अर्यालले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न प्राविधिक सहयोग आयोगले गर्ने र त्यसका लागि ३सय ७२ जना प्राविधिक भर्ना गर्ने तयारी गरेको समेत जानकारी दिइन्।कार्यक्रममा आयोगका अध्यक्ष देवी ज्ञवालीले पार्टी यो सबैभन्दा पुण्यको काम भएकाले  स्थानीय तहका जनप्रतिनिधिलाइ इमान्दार भएर काम गर्न अनुराेङ गरेका थिए ।

Loading spinner