भूकम्पकाे केन्द्रविन्दु भएकाे सिन्धुपाल्चोककोमा सबै सुरक्षा निकायहरुलाई अलर्ट रहन निर्देशन

khabarwave
३१ भाद्र २०७७

काठमाडौं । सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रविन्दु भएर बुधबार बिहानै ६ रेक्टर स्केलको भूकम्प गएपनि हालसम्म क्षतिको कुनै विवरण नआएको सिन्धुपाल्चोक सुरक्षा अधिकारीहरुले बताएका छन् । भूकम्पले पहिरोको जोखिम थप बढाएकोमा भने सुरक्षा अधिकारी हरू चिन्तित छन । अहिले जिल्लाका सबै सुरक्षा निकायहरुलाई अलर्ट रहन निर्देशन दिइएकाे छ ।

२०७२ सालको भूकम्पले सबैभन्दा धेरै क्षति सिन्धुपाल्चोक जिल्लामै भएको थियो । सो भूकम्पका कारण जमिन कमजोर भएकाले यस वर्षको वर्षामा पहिरोले पनि सबैभन्दा धेरै क्षति सिन्धुपाल्चोकमै पुर्याएको छ ।सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रविन्दु भएर बुधबार बिहान ५ बजेर १९ मिनेटमा ६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पले काठमाडौं उपत्यका र उपत्यका आसपासका जिल्लाहरुलाई पनि हल्लाएको थियो ।

२०७२ सालको भूकम्पले सबैभन्दा धेरै क्षति सिन्धुपाल्चोक जिल्लामै भएको थियो । सो भूकम्पका कारण जमिन कमजोर भएकाले यस वर्षको वर्षामा पहिरोले पनि सबैभन्दा धेरै क्षति सिन्धुपाल्चोकमै पुर्याएको छ ।सिन्धुपाल्चोकका सुरक्षा  अधिकारीले पनि जिल्लामा हालसम्म कुनै क्षतिको विवरण नआएको  बताएका छन ।

 

Loading spinner