भारतीय विदेश सचिवले पृथ्वीनारायणलाई सम्झिए

khabarwave
१२ मंसिर २०७७

काठमाण्डाै ।  नेपालको औपचारिक भ्रममा रहेका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगलाले गोरखा पुगेर तीन वटा विद्यालय भवन उद्घाटन गरेका छन्। उक्त कार्यक्रममा गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव रामकृष्ण सापकोटा, जिल्ला समन्वय समिति गोरखासंयोजक अशोक गुरूङ,लगायतले   पुनर्निर्माणमा सघाएकोमा भारत सरकारलाई धन्यबाद दिएका छन।भारत सरकारको आर्थिक सहयोगमा तीन वटा सरकारी विद्यालय भवन निर्माण गरिएको थियो।गोरखा नगरपालिका वडा नम्बर ८ लक्ष्मीबजारमा महालक्ष्मी मावि, वडा नम्बर ८ डुम्रीडाँडामा रत्नलक्ष्मी मावि र वडा नम्बर १० छेवेटारमा तारा माविको भवन भारतीय सहयोगमा हालै पुनर्निर्माण सकिएको थियो।

शुक्रबार महालक्ष्मी माविमा आयोजित कार्यक्रममा विदेश सचिवले संयुक्त रूपमा तीन विद्यालय भवन उद्घाटन गरेका हुन्।उनले नेपाल एकीकरण गर्ने पृथ्वीनारायण शाहको जन्मस्थल गोरखा आउन पाउँदा खुसी लागेको बताए।

पृथ्वीनारायण शाहको ठाउँ र विश्वभर वीरताको रूपमा चिनिएको गोरखा आउन पाउँदा मलाई निकै खुसी लागेको छ,’ उनले भने, ‘गोर्खाली बहादुरी छन् भनेर संसारभर चिनिएका छन्। यो भूमिमा आउन पाउँदा खुसी लागेको छ।’उनले नेपाललाई भारतले सहयोग गर्दै आएको पनि बताएका छन्।हरेक वर्ष भारत सरकारले सात हजार नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिँदै आएको उनको भनाइ थियो।

 

 

 

Loading spinner