भक्तपुर शाखाको कार्यालय कक्ष ताेडियाे, कारबाहीको माग

khabarwave
२५ बैशाख २०७८

काठमाण्डाै ।  भक्तपुर क्यान्सर अस्पतालका निलंबित कर्मचारी डा.ऋषिकेश नारायण श्रेष्ठ को नेतृत्वमा  शुक्रबार केही चिकित्सकहरु तथा प्रशासन को केही कर्मचारी हरुले अस्पतालको प्रशासनिक भवनको माथिल्लो तलामा रहेको नेपाल अर्बुदरोग निवारण संस्था भक्तपुर शाखाको कार्यालय कक्षको ताला फोड्ने कार्य गरेकाे भन्दै  नेपाल अर्बुद रोग निवारण संस्था ,भक्तपुर शाखाका सभापति श्रीधर राठौरले राेष प्रकट गरेका छन ।    उनले एक बिज्ञप्ति जारी गरी भनेका छन-नयाँ भेरियन्टसहितको कोरोना भाइरस संक्रमण नेपालमा पनि तीव्र रुपमा बढेपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिएको छ । उपत्यकाका तीनवटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जारी निषेधाज्ञालाई आजैदेखि लागू हुने गरी थप कडा बनाएको छ । यस्तो अवस्थामा सबै स्वास्थ्य संस्था तथा चिकित्सक एवं स्वास्थ्यकर्मीहरुको ध्यान कोरोना भाइरस संक्रमितहरुको उपचारमा केन्द्रित छ । सर्वसाधारण पनि सरकारद्वारा घोषित निषेधाज्ञाको पालना गर्दै आआफ्नो घरघरमा सुरक्षित भई बसेका छन् तर यस्तो संक्रमणकालीन अवस्थामा भक्तपुर क्यान्सर अस्पतालका निलंबित कर्मचारी डा.ऋषिकेश नारायण श्रेष्ठ को नेतृत्व मा केही चिकित्सकहरु तथा प्रशासन को केही कर्मचारी हरुले अस्पतालको प्रशासनिक भवनको माथिल्लो तलामा रहेको नेपाल अर्बुदरोग निवारण संस्था भक्तपुर शाखाको कार्यालय कक्षको ताला फोड्ने जस्तो जघन्य अपराध गरेका छन् । उनीहरुले ताला फोडेर शाखाका महत्वपूर्ण कागजात तथा फर्निचर लगायतका सामग्री नष्ट हुने गरी कार्यालयबाट फ्याँकेका छन् । चिकित्सक जस्तो गरिमामय एवं सम्मानित व्यक्तिहरुको यस किसिमको जघन्य अपराधको शाखा निन्दा  गर्दछ । शाखाले कार्यालयको ताला फोड्ने र महत्वपूर्ण कागजात नष्ट गर्ने चिकित्सकहरुमाथि जिल्ला प्रशासन कार्यालय भक्तपुर र महानगरीय प्रहरी परिसर भक्तपुरका आवश्यक कानुनी कारबाहीको माग गर्दै निवेदनसमेत दिएको छ । घटनाको यथाशीघ्र छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न प्रशासन र प्रहरीसमक्ष शाखा माग गर्दछ ।

साथै बिज्ञप्तिमा उक्त निन्दनीय कार्य गर्ने संस्थाकै हितविपरीत लागेको पाइएकाले निजहरूलाइ नियमानुसार कारबाही को दायरमा ल्याउन शाखा कार्यलय सम्बन्धित निकायमा अनुरोध गरिएकाे छ ।

नेपाल अर्बुद रोग निवारण सस्थाका केन्द्रीय महासचिव बिमलकुमार हाेडाले पनि भक्तपुर क्यान्सर अस्पताल तथा जिल्ला साखाको कार्यालय मा समेत यो निन्दनीय घोर आपत्ति जनक काम भएकोमा दुख ब्यक्त गर्दे  सस्थाको सम्पतीकाे  सुरक्षा को लागि सबै ४४ जिल्लाका सम्पुर्ण सस्थाका पदाधिकारी सदस्य र शुभ चिन्तकहरू एक ढिक्का रहन आग्रह गरेका छन ।

 

 

Loading spinner