भक्तपुर क्यान्सर अस्पताल सरकार मातहात संचालन गर्ने निर्णयमा सर्बाेच्च अदालतकाे धक्का , माघ २५ गते दुबै पक्षलाई बाेलाइयाे
काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालकोअस्पताल सञ्चालनका लागि ११ सदस्यीय भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन समेत गरिएको छ । कात्तिक २४ गते मन्त्रिपरिषद्को बैठकले भक्तपुर क्यान्सर अस्पताललाई संघीय सरकारद्धारा सञ्चालन गर्ने निर्णय गरेको थियो । अस्पताल नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल अबुर्द रोग निवारण संस्थासँग गरेकाे सम्झाैता बिपरीत संचालन गर्न खाेजेपछि संस्था उक्त निर्णयबिरूद्व सर्बाेच्च अदालत गएकाे थियाे । सर्बाेच्चले सरकारको निर्णय तत्कालका लागि कार्यान्यन नगर्न अल्पकालिन आदेश दिएको छ ।
न्यायाधीश बमबहादुर श्रेष्ठको एकल इजलासले निवेदक संस्था नेपाल अबुर्द रोग निवारण संस्थाकाे स्वामित्वमा रहेको चल- अचल सम्पत्ति, मेसिनरी औजार, सवारी साधन लगायतका सम्पत्ति लगायतका सन्दर्भमा दुबै पक्ष छलफल गरी निष्कर्षमा पुग्नुपर्ने भन्दै सरकारलाई पनि माघ २५ गते बोलाएको छ । निवेदक संस्थाको मागकाे सन्दर्भमा अन्तरिम आदेश जारी हुनुपर्ने ,नहुनुपर्ने हाे त्यसका लागि दुवै पक्षलाई माघ २५ गते बाेलाएकाे छ । सरकारले संस्थासँग गरेकाे संम्झाैता बिपरीत कदम चालेपछि अदालत जानुपरेकाे र अदालतले तत्कालका लागि न्याय दिएकाे संस्थाका निबर्तमान अध्यक्ष लाेकेन्द्र श्रेष्ठले बताउनुभयाे ।
संघीय सरकारले क्यान्सर अस्पतालको जिम्मेवारी लिएपछि मन्त्रिपरिषद्को बैठकले क्यान्सर रोग विशेषज्ञ डा.विष्णुदत्त पौडेललाइ निर्देशकमा नियुक्त गरेको थियाे ।यसअघि नेपाल अर्बुद रोग निवारण गैरसरकारी संस्थाले क्यान्सर अस्पताललाई सञ्चालन गर्दै आएको थियो ।