बैरागीलाई मुख्यसचिव, युवराजलाई अमेरिकाको राजदूत

khabarwave
१५ आश्विन २०७७

काठमाडौँ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले महत्वपूर्ण तीन निर्णय गरेको छ । बैठकमा मुख्यसचिव लोकदर्शन रेग्मीले दिएको राजीनामा स्वीकृत गर्दै उनलाई बेलायतको राजदूतका लागि सिफारिस गरिएको एक मन्त्रीले जानकारी दिए । आगामी कार्तिक ३ गतेसम्म कार्यकाल रहेका रेग्मीले राजीनामा दिएपछि रिक्त मुख्यसचिव पदमा परराष्ट्र सचिव शंकरदास बैरागीलाई नियुक्त गरिएको छ । बिहीबारकै बैठकले प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार डा. युवराज खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत सिफारिस गर्ने गरिएको छ ।

Loading spinner