बैंक अफ काठमाण्डुले दिनेभो १६ प्रतिशत लाभांश

khabarwave
२० आश्विन २०७७

काठमाडौं । बैंक अफ काठमाण्डु लिमिटेडले आर्थिक वर्ष २०७६÷७७ को लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनी महानुभावहरुलाई १६ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
बैंकको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १३ प्रतिशत बोनस र ३ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुलाई लाभांश वितरण गरीने बैंकले जानकारी दिएको हो ।

Loading spinner