बालुवाटारे बालहठ प्रधानमन्त्रीलाई महँगो पर्ने काँग्रेसकाे चेतावनी

khabarwave
२१ आश्विन २०७७

काठमाण्डाै ।     नेपाली काँग्रेसले २४ दिनदेखि आमरण अनसनरत डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराएको छ । डा.केसीको स्वास्थ स्थिति जटिल हुँदा समेत सरकारले वार्ता नगरी कात्रो पठाउने तयारी गरेको हो भन्दै प्रधानमन्त्री केपी शर्माओलीलाई काँग्रेसले प्रश्न उठाएकाे छ ।

केहि समयअघि विज्ञप्ति जारी गर्दै काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले डा.केसीसँग वार्ता नगर्ने बालुवाटारे बालहठ प्रधानमन्त्रीलाई महँगो पर्ने चेतावनी दिएका छन् । ‘प्रधानमन्त्रीज्यू । उनले भनेका छन -हेक्का रहोस् लोकतन्त्र भर्सेस ‘कम्युनिष्टतन्त्र’ मा अन्ततः जित लोकतन्त्रकै हुनेछ ।

डा.केसीसँग गरिएका सम्झौता कार्यान्वयनको सट्टा उल्टाउने र नयाँ सन्दर्भमा अघि सारिएका मागबारे समाधान खोज्ने लोकतान्त्रिक संस्कार सरकारमा नभएको काँग्रेसको आरोप छ ।

Loading spinner