
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, केहि सचिब हेरफेर हुने
काठमाडौँ ।प्रधानमन्त्रीको निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेकाे छ । बैठकमा नियमित प्रस्तावसँगै केही सचिवको हेरफेर हुने बताइएकाे छ । निर्वाचन आयोग, शिक्षा, सार्वजनिक खरिद अनुगमन, उद्योग, वाणिज्यलगायत आधा दर्जन जति सचिवहरूको सरुवा हुन सक्ने बताइएकाे छ ।
बैठकले निर्बाचनकाे मिति घाेषणा भएकाे अबस्थामा निर्वाचनलाइ सहज बनाउनका लागि केहि सचिबकाे सरूवा गर्न लागेकाे हाे । बैठकले केही राजनीतिक नियुक्ति समेत गर्ने बताइएकाे छ ।