बालुवाटारमा ओली र प्रचण्डबीच भेट , वार्ता निर्णायक हुने

khabarwave
२० कार्तिक २०७७

काठमाण्डाै ।केहि दिनकाे तिक्ततापछि  प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता सुरू भएको छ। नेकपाभित्र संकट टार्न दोस्रो तहका नेताहरु सक्रिय भएर ओली र प्रचण्डबीचको वार्ता तय गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा पार्टीभित्र देखिएको विवादबारे छलफल भइरहेको बताइएको छ। कर्णाली प्रदेश सरकारकाे प्रकरण, मन्त्रिपरिषद पुनर्गठन, पर्सा घटना, रअ प्रमुखसँगको भेटपछि असन्तुष्ट बनेका प्रचण्डको प्रधानमन्त्री ओलीसँग पछिल्लो समय दूरी बढिरहेको छ।

दुई अध्यक्षबीच पाँच दिनपछि भेट भएकाे हो। हिजो तय भएको वार्ता पूर्व सभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको निधनका कारण स्थगित भएको थियो ।

प्रचण्डले प्रधानमन्त्री ओलीसँग निर्णायक वार्ता गर्ने भएका छन् । सकेसम्म सहमति गर्ने र कुरा नमिले कठोर कदम चाल्ने प्रचण्डको तयारी छ । तर, उनले कुनै हालतमा पार्टी फुट्न भने नदिने रणनीति बनाएको निकटस्थले बताएका छन् । व्यक्तिभन्दा पार्टी बलियो बनाउने गरी प्रचण्डले कदम चाल्ने भनिएको छ ।

 

 

Loading spinner