बामदेव विरुद्धको मुद्दामा सर्वोच्चमा कोरोना भाइरसकाे प्रभाब 

khabarwave
२८ आश्विन २०७७

काठमाडौं । संवैधानिक इजलास बस्न नसकेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमविरुद्धको मुद्दाको सुनुवाई दसैंपछि मात्रै हुने भएकाे छ ।

सर्वोच्च अदालतका केही न्यायाधीश र अधिकृतमा  कोरोना भाइरस  का कारण बुधबार संवैधानिक इजलास बस्न नसकेको हो ।हप्तामा बुधबार र शुक्रबार मात्रै संवैधानिक इजलास बस्छ । आगामी शुक्रबार संवैधानिक इजलास बस्ने सम्भावना नरहेको सर्वोच्च स्रोतले जानकारी दिएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनीत गर्ने निर्णय बदर र मन्त्री नबनाउन माग गरेर रिट दायर गरेका थिए ।

 

Loading spinner