बामदेवकाे तीन बर्षदेखिकाे संसद छिर्ने चाहना आजकाे मन्त्रिपरिषद् बैठकले पूरा गर्ला ?

khabarwave
२९ भाद्र २०७७

काठमाडौँ ।मन्त्रिपरिषद् बैठककाे आजकाे बैठकले  सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी का उपाध्यक्ष वामदेव गौतमलाई रिक्त राष्ट्रिय सभा सदस्य पदमा नियुक्तिका लागि सिफारिस गर्ने संभावना रहेकाे बताइएकाे छ। नेकपाले  गौतमलाई  रिक्त राष्ट्रिय सभा सदस्य पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेकाे एक साता बितिसकेकाे छ।भदौ १८ गते बसेको नेकपा सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभा पठाउन प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी आलीले नै प्रस्ताव गरेका थिए । सो प्रस्तावलाई अन्य सचिवालय सदस्यहरुले समर्थन जनाएपछि सर्वसम्मत निर्णय भएको थियो ।त्यसपछि             मन्त्रिपरिषद् बैठक बसे पनि गौतमको सिफारिस हुन सकेन ।आज बस्ने बैठकले गौतमलाई उक्त पदमा नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने सम्भावना रहेको बालुवाटार स्रोतको भनाइ छ ।

पार्टीले निर्णय गरेको बमाेजिम  मन्त्रिपरिषद् बैठकले गौतमको सिफारिस नगरेपछि कतिपयले गौतमको हकमा बिगतकाे जस्ताे उदाराे हुने त हाेइन भनेर प्रश्नसमेत गर्न थालेका छन् । तर नेकपा सचिवालयका एक सदस्यका अनुसार यो पटक त्यस्तो नहुने र पार्टी निर्णय कार्यान्वयन हुने पक्का छ ।तत्काल मनोनीत गर्नुपर्ने भन्ने कुनै बाध्यता नभएकाले पनि केही ढिलो हुन पुगेको हुनसक्छ ।

पछिल्लो पटक भएको निर्वाचन प्रतिनिधि सभा २०७४ मा बर्दिया निर्वाचन क्षेत्र १ बाट झिनो मतले पराजित भएका गौतमका लागि हुम्लाका सांसद धनबहादुर बुढा त कहिले काठमाडौँ–७ का रामवीर मानन्धरलाई राजीनामा गराउने चर्चामा खुबै चल्यो । कुनै न कुनै रूपमा चर्चामा आइरहने गौतम त्यसपछि पुन कास्की–२ मा हुने उपनिर्वाचनमा उम्मेदवार बन्ने भनिए पनि कास्कीमा आफूले नजित्ने विश्लेषण गरेपछि उम्मेदवार बन्नबाट आफै पछि हटे ।

Loading spinner