बाघले मोटरसाइकलबाटै थुतेर नन्दकलीलाई लग्याे

khabarwave
१८ पुष २०७७

काठमाण्डाै ।  कैलाली जिल्लाको लम्किचुहा नगरपालिका वडा नं. ४ कौवापुर की ५० बर्षीया नन्दकली थापालाई बाघले मोटरसाइकलबाटै थुतेर लगेको जिल्ला प्रहरी कार्यालय बर्दियाकाले जानकारी दिएकाे छ ।हालसम्म ती महिलाको अवस्था अज्ञात छ।  उनका छोरा  सन्तोष थापाले मोटरसाइकल चलाएका थिए।

मोटरसाइकल अलि स्लोमा भएको बेला त्यही बीचमा बाघले  नन्दकलीलाई झम्टिएर मोटरसाइकलबाटै घिसालेर लगेकाे बताइएकाे छ ।बाघले मोटरसाइकलबाटै मानिस बेपत्ता पारेपछि खोजीका लागि नेपाली सेनाको टोली, नेपाल प्रहरीको टोली र निकुञ्जको टोली खोजीमा खटिएको भए पनि यो खबर तयार पार्दासम्म थापालाई फेला पार्न सकिएकाे छैन ।

 

Loading spinner