बर्दियाका ब्लड क्यान्सरपीडितलाइ ४0 जनाभन्दा बढीकाे सहयाेग

khabarwave
२८ भाद्र २०७७

काठमाण्डाै ।    नेपाली कांग्रेस बर्दिया जिल्ला गेरु गाउँपालिका वडा नम्बर ६ बस्ने विजय पुनका छोरा विधान पुन ब्लड क्यान्सर पीडित छन् ।उनको काठमाडौंको सिभिल अस्पताल मीनभवनमा उपचार भइरहेको छ ।नेपाली कांग्रेस संगठन विभागका केन्द्रीय सदस्य एवं महासमिति सदस्य जन्मजय तिमल्सिनाका पहलमा उनको सहयोगको लागि आर्थिक संकलन गर्ने कार्य बढाइएको थियो ।

यसक्रममा क्यानडाका उदय दुरा , क्यानडाकाकै निरञ्जन थापा अमेरिकाका साेनाम थापा पाैडेल  लगायत ४0  जनाभन्दा बढीबाट  १लाख २६ हजार आर्थिक संकलन भएकाे र उक्त रकम पीडित परिवारलाइ नेता  तिमल्सिनाले   प्रदान गरेका थिए । दुरा र थापा नेपाली काँग्रेस जनसंपर्क समितिका नेता पनि हुन । सहयोगी मनले उपलब्ध गराएको उपलब्ध गराएको आर्थिक सहयोगले उनको उपचारमा ठूलो सहयोग पुगेको भन्दै सहयोगीहरूलाई नेता तिमल्सिनाले धन्यबाद दिदै बिपदमा उदार मन देखाएकामा कृतज्ञता ज्ञापन गरेका छन भने   बिरामी पुनका पिता विजय पुनले पनि धन्यवाद दिएका छन्। ११ बर्से पुन केही समयअघि देखि ब्लड क्यान्सर रोगबाट पिडित भएका थिए । नेता तिमल्सिनाले यसअघि पनि यस्ता प्रकृतिका समाजसेवामा उदार मन लिँदै अग्रसरता लिदै आएका छन् ।

Loading spinner