बढुवा हुनै लागेका प्रदेश सचिबलाई मन्त्रालय तानियाे,दुई हप्ता नहुँदै आधा दर्जन सहसचिबकाे सरुवा ,संशाेधन र हेरफेर

khabarwave
२२ भाद्र २०७७

काठमाण्डाै । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आधा दर्जन सहसचिवहरूको सरुवा र  हेरफेर गरिएको छ । मन्त्रालयले  भदौ ९ गते  आफैले गरेकाे सरुवा २ हप्ता नपुग्दै संसाेधन गरेकाे हाे । मन्त्री हृदयेश त्रिपाठीले सरुवा हेरफेर कुनैपनि हालतमा नगर्ने बताएपनि आफ्नाे अडानमा अडिग रहन सकेनन । यसरी सरुवा र  हेरफेर गरिएका सहसचिवहरूमा सहसचिव कृष्णप्रसाद काप्री, वीरेन्द्र यादव, रामशरण सापकोटा, भूपाल बराल, योगेन्द्र कुमार कार्की र मतिना वैद्य रहेका छन् । जसमध्ये सामान्य प्रशासन मन्त्रालयले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव कृष्णप्रसाद काप्रीलाई सामाजिक विकास मन्त्रालय, प्रदेश नं २ मा पठाइएको छ ।

यस्तै प्रदेश नम्बर २ कै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव बिरन्द्र यादवलाई सोही प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पठाएको छ । केही समय अघि मात्रै दुई नम्बर प्रदेशकै सामाजिक विकास मन्त्रालयमा सरुवा गरिएका भूपाल बराललाई फेरी सोही प्रदेशकै मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ । त्यसै गरी बाग्मती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका योगेन्द्र कुमार कार्कीलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा तानिएको छ । उनी केही दिनपछि सचिब पदमा बढुवा हुदैछन् ।  शिक्षा मन्त्रालय अन्तर्गत रहका सहसचिव रामशरण सापकोटालाई राष्ट्रिय पुन निर्माण प्राधिकरणमा सरुवा गरिएको छ । त्यसैगरी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक मतिना वैद्यलाई प्रदेश नम्बर ३ मा सरुवा गरिएको छ ।  उनकाे भदौ ९ गते भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कर्णाली सुर्खेतमा सरुवा भएकाे थियाे ।

Loading spinner