बढुवाको निर्णय फेसबुकबाटै ह्वारह्वार्ती

khabarwave
२० भाद्र २०७७

काठमाडौं । नेपाल सरकारले सहसचिव चन्द्रमान श्रेष्ठलाई सचिव पदमा बढुवा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले श्रेष्ठलाई सचिवमा बढुवा गरेको हो । उनलाई सचिव पदमा बढुवा गरेको जानकारी सरकारका कुनै पनि निकायबाट आधिकारीकरुपमा नआए पनि बढुवा भएका श्रेष्ठले आफ्नै फेसबुकमार्फत् बढुवा भएको जानकारी गराएका छन् ।

सामान्यको अतिरिक्त समूहमा रहेका श्रेष्ठ यसअघि पनि बढुवाको सूचिमा थिए । तर १ नम्बरमा परेका श्रेष्ठ, दुई नम्बरका गोकर्णमणि दवाडीलाई पछि पार्दै तेस्रो नम्बरका वीरबहादुर राईले सचिव बढुवामा बाजी मारेका थिए । १५ गते राईले अवकाश पाएपछि रिक्त रहेको सचिव पदमा उनै पहिलो नम्बर श्रेष्ठ बढुवा भएका हुन् । स्रोतका अनुसार उनलाई जेष्ठताका आधारमा बढुवा सिफारिश समितिले उनको मात्रै नाम राखेर सचिव बढुवाका लागि सिफारिश गरेको बताइएको छ । श्रेष्ठले आफूलाई सचिव पदमा बढुवा गरेकोमा सिफारिश समिति र निर्णय गरेकोमा सिंगो मन्त्रिपरिषद्लाई धन्यवाद दिएका छन् ।

Loading spinner