प्रोटोकल अनुसार अयोग्य भएपछि १ सय ५५ यात्रु क्वारेन्टाइनमा

khabarwave
२५ आश्विन २०७७

काठमाडौं। कोरियाको एसियाना एयरलाइन्सले १ सय ५५ यात्रु बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने बितिक्कै चेकजाँच गर्दा प्रोटोकल अनुसार अयोग्य भएपछि होटल क्वारेन्टाइनमा राखिएकाे हाे ।

शनिबार चार्टर फ्लाइटमार्फत यात्रु बोकेर आएको यो एयरलाइन्समा आएका मध्ये १२ जना यात्रुको पिसीआर परीक्षण रिर्पोट प्रोटोकल अनुसार अयोग्य भएपछि होटल क्वारेन्टाइनमा राखिएकाे छ । पिसीआर प्रोटोकल अनुसार नभएपछि १ सय ५५ यात्रुलाईनै होटल क्वारेन्टाइनमा सात दिन राख्नुपर्छ। एसियानाको नेपालको आधिकारिक जेनरल सेल्स एजेन्ट्स गण्डकी ट्राभल हो।

 

Loading spinner