प्राधिकरणपनि सचिबबिहिन,एकैदिन बढुवा भएका कार्कीकाे पदस्थापना हुँदा २ सचिब अतिरिक्तमा हाजिर,पशुपंक्षी विकास सचिबकालागि ३ काे प्रतिस्पर्धा

khabarwave
१६ मंसिर २०७७

काठमाण्डाै  । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका सचिब  रामकृष्ण सापकोटाले उमेर हदका कारण अवकाश पाएका छन् । उनको साेमबारसम्म  कार्यकाल थियो  ।  उनकाे अबकाशसँगै  प्राविधिकतर्फको एक सचिब  रिक्त  हुनपुगेको छ  । यसअघि राष्ट्रिय सतर्कता केन्द्र प्राविधिकतर्फको सचिब पदमा  वरिष्ठताका आधारमा सुरेश आचार्यकाे बढुवाभएपनि उनको अहिलेसम्म पदस्थापना भएको छैन ।  यसैगरी आचार्यसँग बढुवा भएका  गोकर्ण मणि दवाडीको पनि पदस्थापना भएको छैन । दुबैजनाले प्रधानमन्त्री कार्यालयमा हाजिर गरिरहेकाे छन । साेहीदिन बढुवा भएका योगेन्द्रकुमार कार्कीलाइ कृषि मन्त्रालयमा पदस्थापना गरिएकाे छ  ।उनले सोमबार पदबहाली  गरेका छन् ।

साथै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा रिक्त रहेकाे सचिव पदमा बढुवा समितिले प्रक्रिया  अगाडि बढाएको छ । लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा आइतबार बसेको बढुवा सिफारिस समितिको बैठकले   कृषि तथा वन सेवा तर्फ रिक्त एक सचिव पदका लागि तीन जना सहसचिवको नाम सिफारिस गरेको छ । सचिव बढुवा सिफारिस समितिले रिक्त एक सचिवका लागि तीन जना सहसचिवको नाम सिफारिस गरेको हो ।सचिवत्रय डा कृष्ण प्रसाद आचार्य, पेमनारायण कँडेल र निरु दाहाल पाण्डेको नाम कृषि तथा वन सेवा तर्फ रिक्त एक सचिव पदका लागि सिफारिस गरेको हो ।सिफारिसभएकामध्ये डा आचार्य उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, कर्णाली प्रदेशका सचिव छन् भने कँडेल राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक र पाण्डे प्रदेश नम्बर १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सचिवमा कार्यरत छिन् । आचार्य र कँडेलमध्ये एक जना सचिव हुने छन ।

Loading spinner