प्राधिकरणकाे कार्यकारी निर्देशकमा कुलमानकाे म्याद थपका लागि आइतबार मन्त्रिपरिषद् बैठक बस्दै

khabarwave
२७ भाद्र २०७७

काठमाडौं ।नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको ४ वर्षे कार्यकाल आइतबार सकिँदै छ।उनलाइ अर्काे कार्यकालका लागी सरकारले म्याद थप गर्छ या गर्देन भन्ने चर्चा चलिरहेका बेला ऊर्जा मन्त्रि बर्षमान पुनले आइतबार बस्न्रे मन्त्रिपरिषद् बैठकमा म्याद थपका लागी प्रस्ताब लैजान लागेकाे मन्त्रालय स्राेतले बताएकाे छ। याे तयारीसँगै प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङकाे पदावधि  दोहोरिने निश्चित भएको हाे ।   सो प्रस्ताव आइतबार बस्ने मन्त्रिपरिषद् बैठकमा पेश हुनेछ।मन्त्रिपरिषद् बैठक भाद्र १९ गते यता बस्न सकेकाे छैन। गत बिहिबार  मन्त्रिपरिषद् बैठक बाेलाइएकाे भएपनि शुक्रबार बस्न्रे नेकपा स्थायी कमिटिकाे बैठककाे तयारीका लागी प्रधानमन्त्री केपी ओली ब्यस्त रहनु परेकाे भन्दै अन्तिम अबस्थामा बैठक आइतबार सारिएकाे हाे ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको ४ वर्षे कार्यकाल आइतबार सकिँदै छ ।स्रोतका अनुसार कुलमानलाई फेरि नियुक्ति गर्ने पक्षमा नरहेका प्रधानमन्त्री केपी ओली समेत अन्ततः राजी भएका छन् । नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डसँग भएको छलफलपछि उनी कुलमानलाई नै नियुक्त गर्न राजी भएका हुन् ।

दुई अध्यक्षबीच नाटकीय परिबर्तन नआएआइतबार बस्न्रे मन्त्रिपरिषद् बैठकबाट कुलमानलाई प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ लोडसेडिङबाट आक्रान्त जनतालाई लोडसेडिङ अन्त्य गराएर उज्यालो दिएका घिसिङको पक्षमा अहिले आम जनता उभिएका छन् । सातौँ तहको इन्जिनियरबाट २०५१ सालमा नेपाल विद्युत प्राधिकरणमा प्रवेश गरेका घिसिङ २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा नियुक्त भएका थिए । उनी नियुक्त भएको २ महिनापछि कात्तिकको लक्ष्मीपूजाको दिनदेखि काठमाडौँ उपत्यकाबासीले लोडसेडिङको मार खेप्नु परेको छैन ।

Loading spinner