प्रहरी हवल्दार अख्तियारकाे फन्दामा

khabarwave
१७ पुष २०७७

काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले इलाका प्रहरी कार्यालय हरिनगर, सुनसरीमा कार्यरत प्रहरी हवल्दार भोला यादवलाइ ६ हजार घुससहित नियन्त्रणमा लिएको छ ।

आयोगको टोलीले भारतबाट घरायसी सामान ल्याउन सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग अतिरिक्त रकम मागेको उजुरीका आधारमा  यादवलाइ घुससहित पक्राउ गरेको बताइएकाे छ ।अख्तियारको उनलाइ नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको जनाएको छ ।

Loading spinner