प्रहरी जवान रामबहादुर साउदको पनि शव भेटियाे

khabarwave
४ कार्तिक २०७७

काठमाडौं । कैलालीको अस्थायी प्रहरी बिट, जुगेडामा कार्यरत प्रहरी जवान रामबहादुर साउदको पनि शव भेटिएको छ ।सम्पर्कविहीन भएका जवान साउदको शव चार दिनपछि मंगलबार सोही ठाउँमा भेटिएको छ । प्रहरी बिटका इन्चार्ज गोविन्द विकको शव भेटिएको ठाउँको करिब २०० मिटर टाढा साउदको शव भेटिएको हो ।

शनिबार राति मोटरसाइकल गस्तीमा गएका बेला असई विक र जवान रामबबहादुर साउद तस्कर समूहको निशानामा परेका थिए । घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले १३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

Loading spinner