प्रमुख सचिव हेरफेर , छेन्दु महावाणिज्य दूतमा घिमिरे सिफारिश

khabarwave
१९ मंसिर २०७७

काठमाडौँ । सरकारले दुइ सचिबकाे सरूवा तथा पदस्थापना गरेको छ ।  प्रदेश सरकार प्रदेश नं. २ जनकपुरमा कार्यरत प्रमुख सचिव  अर्जुन पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अतिरिक्त समूहमा सरुवा गरिएको छ  । प्रधानमन्त्रीको कार्यालय स्रोतका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले पोखरेललाई केन्द्रमा सरूवा गरिएकाेको हो ।  त्यस्तै हालै मात्र बढुवा भएका सचिव  गोकर्ण मणि दुवाडीलाइ  प्रदेश २ को सरकारको प्रमुख सचिव  पदमा  पदस्थापना गरिएको छ । केन्द्रमा सरूवा गरिएका पोखरेललाई  केही समयपछि मन्त्रालय दिने तयारी भएको स्रोतको दाबी छ । पुस महिनाभित्र लोकसेवा आयोगमा कार्यरत  सचिब आनन्द ढकालको अवकाश हुने भएपछि  केही सचिबकाे हेरफेर गर्ने र त्यहीबेला पोखरेललाई महत्वपूर्ण जिम्मेवारी दिने तयारी स्वरुप अहिले अतिरिक्तमा राखिएकाे बताइएकाे छ ।        यसैबीच छेन्दु महावाणिज्य दूतकालागि  सहसचिव दिनेश कुमार घिमिरेकाे  नाम पठाइएको छ ।

चीनको सिचुवान प्रान्तको छेन्दु सहरमा अवस्थित नेपालको महावाणिज्य दूतावासका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव दिनेश कुमार घिमिरेको नाम पठाइएको हो ।

 

Loading spinner