प्रधानमन्त्री ओली केशरजंगभन्दा पनि बढी प्रतिगामी र राष्ट्रघाती भएको आरोप

khabarwave
१० माघ २०७७

काठमाण्डाै । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव समूहका लुम्बिनी प्रदेश इन्चार्ज युवराज ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेर संविधान, कम्युनिस्ट आन्दोलन, गणतन्त्र र राष्ट्रियता सिध्याउन खाेजेकाे बताएका छन । उनले ओली   तत्कालीन कम्युनिस्ट पार्टीका महासचिव केशरजंग रायमाझीभन्दा पनि बढी प्रतिगामी र राष्ट्रघाती भएको आरोप लगाएका छन् ।

प्रचण्ड-माधव समूहको लुम्बिनी प्रदेशस्तरीय संघर्ष समितिले शनिबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा नेता ज्ञवालीले प्रतिनिधिसभा विघटनको कदम देश र जनतामाथि ठूलो विश्वासघात भएको भन्दै उनले प्रधानमन्त्रीका प्रयासलाई असफल पार्ने दाबी गरे ।उनले आफ्नो समूहले काठमाडौंमा शुक्रबार गरेको प्रदर्शन सुरुआतमात्र भएको र त्यसले संसद विघटन गर्ने प्रतिगामी कदमविरुद्ध व्यापक जनसमर्थन रहेको पुष्टि गरेको तर्क  गरेका छन ।  माघ १५ गते बुटवलको पुष्पलालपार्कमा शक्ति प्रदर्शन सहित विरोध सभा गर्न लागेको पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

 

Loading spinner