राष्ट्रपतिबाट ग्रहण गरे प्रधानमन्त्री ओलीले दशैको टीका

khabarwave
१० कार्तिक २०७७

काठमाण्डाै । प्रधानमन्त्री केपी शर्मा ओलीले आज शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट बडा दशैको टीका ग्रहण गर्नुभएको छ । त्यस क्रममा राष्ट्रपतिज्यूले टीका र जमराको माला लगाइदिनु भएको छ । उक्त अवसरमा प्रथम महिला श्रीमती राधिका शाक्यले पनि राष्ट्रपतिज्यूबाट बडा दशैंको टीका र जमराकने माला ग्रहण गर्नुभयो ।
प्रधानमन्त्रीज्यूका पिताजी मोहनप्रसाद ओली गृहजिल्ला झापामा रहनुभएको हुनाले आफ्नो निवासमा प्रथम महिला राधिका शाक्यलाई मात्र दशैंको टीका लगाइदिनु भएको छ ।

Loading spinner