प्रधानमन्त्री ओलीले भाेली बाेलाए संसदीय दलको बैठक, नेपाल समूहका सांसदहरु नजाने

khabarwave
४ चैत्र २०७७

काठमाडौं । संसदीय दलको नेताको हैसियतमा प्रधानमन्त्री ओलीले बिहीबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा संसदीय दलको बैठक बोलाएका छन । उनले सूर्य चुनाव चिह्नबाट चुनाव जितेका सबैलाई संसदीय दलको बैठकमा आमन्त्रण गरेका छन ।

तर नेकपा एमालेको नेपाल समूहका सांसदहरु  ओलीले बिहीबार बोलाएको संसदीय बैठकमा नजाने भएका छन् ।बुधबार सुरु भएको राष्ट्रिय कार्यकर्ता भेलामा व्यस्त भएकाले बैठकमा जान नसक्ने सांसद एवं सचिव योगेश भट्टराईले बताएका छन । आफूहरुको राष्ट्रिय भेलाबारे प्रधानमन्त्री एवं संसदीय दलको सचिवालयलाई जानकारी रहेको भन्दै दलको बैठकमा जान कुनै समस्या नभएकाे  तर भेलामा व्यस्त भएकाले नजाने बताएका छन ।

 

 

 

Loading spinner