प्रधानमन्त्रीकाे सर्बाेच्चलाई जवाफ- वैकल्पिक सरकारको सम्भावनासम्म नभएकाले संसद विघटन

khabarwave
१९ पुष २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको विघटन गरी निर्वाचनमा जाने विषय नितान्त राजनीतिक विषय हो भन्दै राजनीतिक प्रश्नमा अदालत प्रवेश नगर्ने अभ्यास रहेको मन्दै संसद बिघटनकाे बचाउ गरेका छन ।

प्रधानमन्त्री ओलीले  संसद विघटनसम्बन्धी रिटमा आइतबार लिखित जवाफ पेश गर्दै भनेका छन्-अहिले वैकल्पिक सरकारको सम्भावनासम्म नभएको र सरकार सञ्चालनको वैधानिक अधिकारलाई गैर संवैधानिक तबरले निरन्तर अवरोध भई काम गर्न नदिएको अवस्था भएकाले संसद विघटन गर्ने बाध्यात्मक परिस्थिति आइपरेको हाे ।प्रधानमन्त्रीले लिने निर्णय राजनीतिक रुपमा नै आम जनताले मूल्यांकन गर्ने विषय भएकाे उनकाे जिकिर छ ।

Loading spinner