प्रधानमन्त्रीकाे भबिश्यबाणी-अब संसद पुर्नस्थापना हुन सक्दैन

khabarwave
१५ पुष २०७७

काठमाण्डाै।  प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले संविधानअनुसार नै संसद विघटन गरेकाले अब पुर्नस्थापना  हुन नसक्ने बताएका छन् । सुदूरपश्चिम प्रदेशका आफू पक्षका कार्यकर्ताहरूको भेलामा ओलीले आफू बहुमतको दलको नेता भएर संसद विघटनको सिफारिस गरेको र राष्ट्रपतिले विघटन गरेकाले अब संसद पुर्नस्थापना नहुने बताएका हुन ।

प्रधानमन्त्री  ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ध्यान जहिल्यै कसरी कब्जा गर्ने भन्ने रहेको बताउदै आफूले मित्रताले हंगालो हाल्दा प्रचण्डले धृतराष्ट्रलले जस्तो अंगालो मारेको आराेप लगाएका थिए ।

Loading spinner