
प्रधानमन्त्रीकाे देशबासीका नाममा सम्बोधन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार अपरान्ह ४ः २५ बजे देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् ।
उनका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीको सम्बोधन शुक्रबार नेपाल टेलिभिजनबाट प्रशारण हुनेछ । सरकारले विपन्न, ज्येष्ठ नागरिक, अपांगता भएका, एकल महिलालगायत लक्षित वर्गबाहेक अरुको कोरोना संक्रमणको उपचार शुल्क लिने सरकारको निर्णयको पनि आलोचना भइरहेको छ ।