
प्रदेश योजना आयोगमा नयाँ उपाध्यक्ष
काठमाण्डाै । प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. सर्वराज खड्कालाई नियुक्त भएका छन ।कर्णाली प्रदेश सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. खड्कालाई नियुक्त गरेको हाे ।
बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले दैलेखका खड्कालाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो।यसअघि कर्णाली प्रदेश योजना आयोगको पहिलो उपाध्यक्षका रूपमा रहेको डा. पुण्य गौतमको ठाउँमा उनलाई नियुक्त गरिएको हो।गौतम कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपति भएर गएका छन ।