प्रदेशसभा बैठकमा काँग्रेसलगायत बिपक्षी दलकाे नाराबाजी , बैठक अवरुद्ध

khabarwave
१९ आश्विन २०७७

काठमाण्डाै । सत्तारुढ दल नेकपासँग भएको छलफलमा सहमति नजुटेपछि प्रदेश ५ को प्रदेशसभा बैठक अवरुद्ध भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली  कांग्रेसले बैठक अवरुद्ध गरेको हो ।

कांग्रेसले सोमबार बिहान सरकारले ल्याएको प्रस्ताव केही दिनलाई रोकेर सबै पक्षसँग छलफलपछि मात्रै अघि बढाउन आग्रह गरेको थियो। सो प्रस्तावमा नेकपाले असहमति जनाएपछि काँग्रेसले प्रदेशसभा बैठकमा नाराबाजी गर्दै अवरुद्ध पारेको हो।संसदमा नेपाली काग्रेससँगै फोरम सासदहरुले पनि नाराबाजी गरेका छन् । नेपाली काग्रेस र फोरमको विरोधपछि २ बजे सम्म लागि बैठक स्थगित गरिएको छ ।

Loading spinner