प्रदेशतिर खटपट , मुख्यमन्त्री संकटमा

khabarwave
२३ चैत्र २०७७

काठमाडौं ।  कर्णाली प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिने भएको छ । नेकपा एमाले संसदीय दलको  बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा रहेका तीन मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन दिएको छ ।
केपी शर्मा ओली पक्षीय सांसदहरु मात्र सहभागी ४ चैतको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्नुका साथै मन्त्रीहरुलाई फिर्ता बोलाएको थियो ।

माधवकुमार नेपाल पक्षीय बैठकले  प्रकाश ज्वाला आर्थिक मामिला, दल रावल सामाजिक विकास र नन्दसिंह बुढा वन तथा वातावरणमन्त्रीलाइ सरकारबाट राजिनामा दिन निर्देशन दिएकाे हाे । नेपाल पक्षका मन्त्रीहरुले केही दिनमै राजीनामा दिने प्रतिवद्धता जनाएका छन् ।एमालेको नयाँ निर्णयसँगै मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

Loading spinner