प्रदेशकाे नयाँ मुकाम सिंगार्ने यस्ताे छ याेजना
दाङ जिल्लाको भालुवाङ लागि प्रदेश ५ को स्थायी राजधानी बनाउने प्रदेश सभाको मंगलबारको निर्णयपछि उक्त क्षेत्रलाई कसरी विकास गर्ने भन्ने सन्दर्भमा धारणाहरू सार्बजनिक हुनथालेका छन । प्रस्तावित राजधानीमा पर्याप्त संरचना नभएका कारण त्यस क्षेत्रलाई सोचेजस्तै विकास गर्नसकिने त्यस प्रदेशका बासिन्दा एवं पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. गोपाल दहितले बताउनुभएको छ । उहाँ नयाँ राजधानीको विकासका सन्दर्भमा यस्ताे धारणा छ। –
१ ) गुरुयोजना
व्यवस्थित शहरकाे बिकासबाट मात्रै राजधानीको सुन्दरता बढ्ने भएका कारण प्रदेश सरकारले नयाँ राजधानी बनाउन गुरुयोजना बनाउन जरुरी छ । प्रस्ताबित राजधानी संरचनामा पर्याप्त संरचना नभएकोका कारणले गर्दापनि प्रदेश सरकारलाइ कस्ताे राजधानी बनाउने भन्रे सुबिधा छ । काठमाडौँ जस्तो बिनायोजना शहरको आधुनिक विकास गर्नु हुँदैन योजनाबद्ध विकास गरेर जानकालागि गुरुयोजना बनाउनु प्रदेश सरकारको पहिलो काम हो । यसतर्फ प्रदेश सरकारको ध्यान जानु आवश्यक छ । गुरुयोजना बनाउनकालागी सरकारले बिज्ञ र सबै दलहरूकाे सहयाेग र सल्लाह लिनुपर्छ ।
२) थारु, आदिबासीकाे बिकास र भूमिमा पहुँच स्थापित
राजधानी प्रस्ताव गरिएको क्षेत्रमा थारु आदिवासीकाे बढी बसाेबास छ । उनीहरू त्यहाँका आदिवासी हुन । उनीहरूकाे संरक्षण गरेर, भूमि माथिको अधिकार र विकासको पहुँचलाई स्थापित गर्दै राजधानीको विकास गर्नुपर्छ। अन्यत्र शहरीकरण हुँदा थारु ,आदिवासी जनजातीहरु विस्थापित हुने गरेका कारण यहाँ त्याे गल्ती सरकारले नदाेहाेन्याउन म बिशेष अनुराेध गर्दछु । थारु आदिवासीकाे संरक्षण ,सम्वर्द्धन गर्दै , भूमि र विकासको अधिकार र पहुँचलाई स्थापित गर्ने सोच बन्न जरुरी छ।
३ ) सडक पूर्वाधार विस्तार
पश्चिम बर्दिया ,पूर्व रूकुम तथा राेल्पाका बिकट स्थानसम्मबाट प्रदेश राजधानीमा नागरीककाे पहुँच पुन्याउनकालागी सडक पूर्वाधार विस्तार गर्नु जरूरी छ । देउखुरीकाे मात्र बिकास गरेर हुँदैन , त्यस आसपासका क्षेत्र , बाँके , बर्दिया एबं पहाडी जिल्लामा सडक तथा अन्य पूर्वाधारकाे समाबेशीरूपमा गरिनुपर्दछ । स्थापित राजधानीमा सहजै पुग्नकालागी ६ देखि ८ लेन सम्मकाे सडक विस्तार गर्न पर्छ ।
४) ईकाे टुरिज्जमकाे बिकास
दाङ, बाँके र बर्दिया थारू, आदिवासी जनजातिको बसोबास बढी छ भने रुकुम, रोल्पाजस्ता पहाडी जिल्लामा मगर लगायत अन्य जातिहरूकाे बसोबास रहेको छ । उनीहरूको संस्कृति ,भाषा, रहनसहनकाे अध्ययन ,अनुसन्धान र बिकास एंब संरक्षण गर्दै ईकाे टुरिज्जमकाे बिकास गर्न सके यस प्रदेशका जनताको रोजगारी बढ्नुका साथै प्रदेश सरकारकाे आयस्रोतमा पनि वृद्धि हुने छ । यसतर्फ प्रदेश सरकारको ध्यान जान जरुरी छ ।
५) जनशक्ति उत्पादन
ईकाे टुरिज्जमकाे बिकासका लागी प्रदेश सरकारले त्यही किसिमकाे दक्ष जनशक्ति उत्पादन गर्नकालागी ध्यान जानु पर्छ । ईकाे टुरिज्जमकाे माध्यमबाट त्यस क्षेत्रका नागरिकलाइ आत्मनिर्भर वनाउन सके रोजगारी वृद्धि गर्ने र राज्यकाे आयमा बृद्धि हुनेछ ।