प्रदर्शनमा १६ जनाको मृत्यु ,३ सय भन्दा बढी पक्राउ

khabarwave
५ मंसिर २०७७

काठमाडौं । युगान्डाका राष्ट्रपति पदका उम्मेदबार बोबी वाइनलाई पक्राउ गरेपछि राजधानी कम्पालामा हिंसा भड्किएको छ । दुई दिनको अवधिमा हिंसात्मक प्रदर्शनमा परी १६ जनाको मृत्यु भएको सीएनएनले जनाएको छ ।राष्ट्रपतिको निर्वाचनमा बोबी वाइन हालका युगान्डा राष्ट्रपति युओरी मुसेभेनीका प्रमुख प्रतिद्वन्द्वी हुन् । युगान्डाका प्रसिद्ध पप गायक उनी पछि राजनीतिमा आएका हुन् । उनी विपक्षी राजनीतिक दलको नेता समेत हुन् ।

कोरोना भाइरसको नियन्त्रणका लागि सरकारले निर्माण गरेका नियमहरु उल्लंघन गरेको आरोपमा प्रहरीले प्रदर्शनकारीलाई पक्राउ गरेको थियो । कम्पाला शहरबाट ३सय भन्दा बढी लाई पक्राउ गरिएको त्यहाँको नगर प्रहरीले जनाएको छ ।प्रहरीले रोबर्ट कयागुलानी नाम गरेका गायकलाई पनि बिहीबार हिरासतमा लिएको छ । त्यसपछि प्रदर्शन थप हिंसात्मक भएको हो । प्रहरी र प्रदर्शनकारीबीच भएको झडपको क्रममा घाइते भएका ३० भन्दा बढीलाई अस्पताल भर्ना गरिएको रेडक्रसले जानकारी दिएको छ ।

 

Loading spinner