प्रतिनिधिसभा विघटनलाई सदर गर्ने हो भने संविधान खारेजको फैसला पनि एकसाथ सुनाउनुपर्ने पूर्वसभामुखकाे घाेषणा

khabarwave
२७ पुष २०७७

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाले अदालतले संविधानअनुसार फैसला गर्छ भन्ने विश्वास आफूलाई रहेको बताएका छन  ।  उनले भने- प्रतिनिधिसभा विघटनलाई मात्र सदर गर्ने होइन, संविधान पनि बदर गरिदिनुस् । किनभने यो संविधानसभामाथि प्रहार हो, संविधानमाथि प्रहार हो, प्रतिगमन नै हो । प्रतिनिधिसभा विघटनलाई सदर गर्ने हो भने संविधान खारेजको फैसला पनि एकसाथ सुनाउनुपर्ने उनले बताएका छन् ।

संविधानसभा सदस्य मञ्च नेपालले सोमबार राजधानीमा गरेको अन्तरक्रियामा ढंगानाले संसद पुनर्स्थापना हुन्छ कि हुन्न भन्ने बहस गर्दा संविधान र राजनीतिक दुबै पक्षबमाट हेर्नुपर्ने उनले बताए । संवैधानिक रुपमा हेर्दा संसद पुनस्र्थापनाको विकल्प नरहेको तर राजनीतिक रुपमा के हुन्छ भन्न नसक्ने उनकाे धारणा थियाे ।

उनकाे भनाइ थियाे -अहिले सर्वोच्च अदालतलाई कसले धम्क्याएको ट भन्ने पनि कम्पिटिसन भइरहेको छ । कहिले काँही त्यो कम्पिटिसनमा म पनि उत्रौं कि जस्तो लाग्छ किनभने अदालतको काम कानून बमोजिम फैसला गर्ने हो । संविधान अनुसार फैसला गर्ने हो भने सर्वोच्च अदालतले शतप्रतिशत संसद ब्यूँताउनुपर्छ ।

 

Loading spinner