
प्रतिनिधिसभा विघटनको विरोधमा नागरिक समाजपनि सडकमा
काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नागरिक समाजपनि सडकमा आएकाे छ । उसले आज माइतीघर मण्डलामा प्रर्दशन गरेका छ ।प्रदर्शनमा सहभागीहरुले सबै विमतीको संविधानभित्रैबाट समाधान खोज्नुपर्ने बताएका छन् ।
प्रतिगमनविरुद्ध बृहत नागरिक आन्दोलनको व्यानरमा शनिबार भएको प्रदर्शनमा सहभागीहरुले संसद विघटनको विरोध गरेका हुन । बृहत नागरिक आन्दोलनले आन्दोलनका कार्यक्रम पनि सार्वजनिक गरेको छ । १८ गतेसम्म दिन बिराएर प्रदर्शन गर्ने नागरिक आन्दोलनले बताएको छ ।