प्रचण्ड-माधव समूहका नेताहरूकाे ताेकियाे कार्यबिभाजन, कसलाइ के जिम्मेवारी ( सूचिसहित)

khabarwave
१९ पुष २०७७

काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठकले नेताहरुको जिम्मेवारी विभाजन गर्न कार्यदल गठन गरेको छ । समूहले अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल बनाएको छ ।कार्यदलमा सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, घनश्याम भूसाल, वेदूराम भूसाल, गिरिराजमणि पोखरेल, पम्फा भुसाल, गोकर्ण बिष्ट, वर्षमान पुन, मातृका यादव र शक्ति बस्नेत छन् ।

बैठकले असंवैधानिक संसद विघटनमा आन्दोलनका  लागि नारायणकाजी श्रेष्ठको संयोजकत्वमा केन्द्रीय जनसंघर्ष समिति बनिसकेको छ । सञ्चार क्षेत्रको समन्वय गर्न योगेश भट्टराईलाई जिम्मेवारी दिइएको छ भने नागरिक समाजसँग समन्वय गर्न लिलामणि पोखरेल, रघुजी पन्त लगायतलाई जिम्मेवारी दिइएको छ ।

 

Loading spinner