प्रचण्ड पत्नीलाई थप उपचारका लागि दिल्ली लगिदै

khabarwave
१९ पुष २०७७

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सिता दाहाललाई थप उपचारका लागि भोलि नयाँ दिल्ली लैजाने तयारी भएको छ । अहिले उनको भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । थप उपचारका लागि दिल्ली लैजाने तयारी भइरहेको छ । पछिल्लो समय घरमै आराम गरिरहेकी सिताको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । यसअघि पनि उनलाइ उपचारका लागि अमेरिका, सिंगापुर र भारत लगिएको थियो ।

Loading spinner